रामेछापमा पुन: निर्माणले गति लिएको प्राधिकरणको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

रामेछापमा पुन: निर्माणले गति लिएको प्राधिकरणको दाबी

नवराज श्रेष्ठ

रामेछाप, १२ फागुन । रामेछापमा भूकम्प पछिको पुन: निर्माणले गति लिएको प्राधिकरणको दाबी छ । तर भूकम्प पीडितले भने दक्ष जनशक्तिको अभाव र निर्माण सामाग्रीको मुल्य बढ्दा मारमा परेको गुनासो गरेका छन् ।

रामेछापका सरोकारवाला निकायले पुननिर्माणले गति लिएको दाबी गरेका छन् । तर सबैले एकै पटक घर बनाउँदा पानी, दक्ष जनशक्तिको अभाव र ढाड सेक्ने गरि सामाग्रीको मुल्य बढ्दा मारमा परेको पीडितको गुनासो छ ।

पुन: निर्माणले गति लिएपछि पीडितको ढाड सेक्ने गरि व्यवसायीले निर्माण सामाग्रीको मुल्य बढाएका छन् । तर व्यवासयीले मुल्य बढ्नुमा सरकारलाई दोष दिएको छ । रामेछापमा भूकम्पले ५० हजार भन्दा धेरै घर भत्किएको थियो । अहिलेसम्म ४२ हजार भन्दा धेरैले पहिलो किस्ता बुझेका छन् ।

भूकम्प गएको ३ बर्ष पुग्न लाग्दा रामेछापमा ११ हजार घरको पुनः निर्माण भएको छ । भने अन्य घरहरु निर्माणाधीन अबस्थामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);