रामेछापमा भुकम्पले भत्किएका ५० हजार घरमध्ये १० हजारको पुनःनिर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

रामेछापमा भुकम्पले भत्किएका ५० हजार घरमध्ये १० हजारको पुनःनिर्माण

नवराज श्रेष्ठ
रामेछाप, ७ फागुन । रामेछापमा २०७२ सालको भुकम्पले भत्किएका ५० हजार घरमध्ये १० हजार घरको पुनःनिर्माण भएको छ । तर निर्माण सामाग्रीको मुल्य बढ्दा घर बनाउन कठिन भएको पीडितको गुनासो छ । पुनःनिर्माणले गति लिएसँगै निर्माण सामाग्रीको मुल्य बढेको हो ।

रामेछापमा रड, सिमेन्ट, जस्तापाता, काँटी-किला लगाएत निर्माण सामाग्रीको भाउ बढेको हो । भूकम्पपछि निर्माण सामाग्रीको माग बढेकाले व्यवसायीले मुल्य बढाएको स्थानीयको गुनासो छ । भुकम्प पीडित निर्माण सामाग्रीका लागि सदरमुकाम मन्थली धाउने गरेका छन् । तर निर्माण सामाग्रीको भाउ सुन्दा भूकम्प पीडित तर्सिने गरेका छन् ।

रामेछापमा निर्माण सामाग्री तराईबाट ल्याउँदा महंगो परेको व्यवसायीको भनाई छ । बिपी राजमार्गमा मालबाहक गाडी चल्न रोक लगाइएकाले रुट परिवर्तन गर्दा लोड अनलोडमा खर्च बढेकाले निर्माण सामाग्रीको भाउ बढेको व्यवसायी बताउँछन् ।

व्यवसायीहरुले पछिल्लो समय कमसल सामान बिक्री वितरण गरिरहेको गुनासो पनि उत्तिकै छ । खरिद गरिएको सामान कम तौलको हुने गरेको भूकम्प पीडितको गुनासो छ । भूकम्प पीडितका लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्ने व्यवयासीको भनाई छ ।

२०७२ सालको भुकम्पले रामेछापमा झण्डै ५० हजार घर भत्किाएको थियो । जसमध्ये १० हजार घरको पुन निर्माण भएको छ । ८० देखि ८५ प्रतिशत घरहरु दोस्रो किस्ताका लागि सिफारिस भएका छन् । भूकम्पले घरबार विहिन भएका पीडिहरुले पीडामाथी पीडा थपिएको भन्दै सहुलियत दरमा निर्माण सामाग्री उपलब्ध गराउन माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);