उक्तभोक्ता मुद्रास्फिति दर घटे पनि अत्यावश्यक वस्तुको मूल्य उच्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उक्तभोक्ता मुद्रास्फिति दर घटे पनि अत्यावश्यक वस्तुको मूल्य उच्च

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिनामा मुद्रास्फिति वृद्धिदर घटे पनि अत्यावश्यक वस्तुको मूल्य भने उच्च वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । तर निर्माण सामाग्रीको भने थोक मूल्य नै घटेको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनासम्मको मुलुकको वित्तीय तथा आर्थिक स्थितिको प्रतिवेदनमा मुद्रस्फिति घटेको देखिन्छ । समग्रमा मुद्रस्फिति घटे पनि २०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा, मासु र सुर्तिजन्य वस्तुको भने मूल्य वृद्धि उच्च रहेको छ ।

यस अवधिमा तरकारीको मूल्य २८ दशमलव २१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टले बताउनुभयो । थोक मुद्रास्फितिको वृद्धिदर घटेपनि निर्माण सामाग्रीको भने थोक मुल्य नै घटेको छ । कोभिडका कारणले निर्माण क्षेत्र अवरुद्ध हुँदा माग घटेको जसले गर्दा निर्माण सामग्रीको मुल्य घटेको राष्ट्रबैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार गत साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फिति ७ दशमलव ३३ प्रतिशत रहेको छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फिति ८ दशमलव २६ प्रतिशत रहेको थियो ।

यस अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७ दशमलव ४४ प्रतिशत, ८ दशमलव १० प्रतिशत र २ दशमलव ६३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । तर निर्माण सामग्रीको थोक मूल्य भने २ दशमलव ३३ प्रतिशतले घटेको छ । यस अवधिमा सबैभन्दा कम मुल्यवृद्धि पहाडी क्षेत्रमा रहेको राष्ट्र बैंकको तथ्याङकमा उल्लेख छ ।

गत साउनमा काठमाडौं उपत्यकामा ३ दशमलव ३१ प्रतिशत, तराईमा ४ दशमलव ०२ प्रतिशत, पहाडमा २ दशमलव ७२ प्रतिशत र हिमालमा ४ दशमलव ०७ प्रतिशत मुद्रास्फिति रहेको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);