रसुवामा ७५ प्रतिशत पुनःनिर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

रसुवामा ७५ प्रतिशत पुनःनिर्माण सम्पन्न

rasuwa-punarnirman

नवराज श्रेष्ठ
रसुवा, १२ बैशाख । अन्य जिल्लामा भूकम्पपछिको पुनः निर्माणले गति नलिएपनि रसुवामा भने ७५ प्रतिशत पुनःनिर्माण भएको छ । रसुवामा २५ प्रतिशत काम बाँकी रहँदा रामेछापमा भने २५ प्रतिशत मात्र पुनःनिर्माण भएको छ । २०७२ साल बैशाख १२ को भूकम्पले रसुवामा ९८ प्रतिशत घरहरु पूर्ण क्षति भएको थियो । तीन बर्षमा ७५ प्रतिशत पुनः निर्माण भएको छ । अन्य जिल्लामा भन्दा रसुवामा पुनः निर्माणले गति लिएको हो ।

११ हजार ६ सय ३३ लाभग्राही रहेको रसुवामा करिब नौ हजार पाँच सय लाभग्राहीले घर निर्माण गरिरहेका छन् । घर निर्माण गरिरहेका ८३ प्रतिशत लाभग्राहीलाई दोस्रो किस्ता र ३७ प्रतिशत लाभग्राहीलाई तेस्रो किस्ता सिफारिस गरिएको छ । जिल्लाका तीन हजार ९ सय ९६ लाभग्राहीका लागि तेस्रो किस्ता सिफारिस गरिएको आयोजना प्रमुख धिर फडेराले जानकारी दिए ।

लाभग्राहीमध्ये १० हजार ७ सय ४ लाई पहिलो किस्ता, ८ हजार ८ सय ८१ लाई दोस्रो किस्ता र तीन हजार ९ सय ९६ लाई तेस्रो किस्ता वितरण गरिएको छ । अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा ६ सय ७७ निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । ६ वटा संस्थाले निर्माणको जिम्मा पाएका एक हजार १ सय ११ घरमध्ये ६ सय ७७ घर निर्माण सम्पन्न गरेका हुन् । अब २५ प्रतिशत पुनः निर्माण भएको छ ।

५० हजार घर बन्नुपर्नेमा भूकम्प गएको ३ बर्षमा जम्मा १२ हजार निजि घरहरु बनेका छन् । जिल्लामा ४ सय १९ विद्यालय निर्माण हुनुपर्नेमा हालसम्म ९१ विद्यालयहरुमा पुनः निर्माणको काम सुरु हुन सकेको छैन भने ३ सय २८ विद्यालयको पुननिर्माण भैरहेको छ । पुनःनिर्माणमा ढिलाई भएको स्वीकार गर्दै सरकारले अब काममा तिब्रता दिने प्रतिबद्धता जनाएको छ ।

विनाशकारी भूकम्प गएको तीन वर्षमा पाँच सरकार र प्राधिकरणमा पाँच सीईओ फेरिए तर पीडितको अवस्था उस्तै छ । अझै पनि पीडित पुनःनिर्माणको प्रतिक्षामा छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);