आगामी आर्थिक वर्ष भित्र नीजि आवास निर्माणको काम सम्पन्न गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आगामी आर्थिक वर्ष भित्र नीजि आवास निर्माणको काम सम्पन्न गर्ने

rastriya puna nirman pradhikaran

काठमाडौं, १ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी आर्थिक वर्ष भित्र नीजि आवास निर्माणको काम सम्पन्न हुने दाबी गरेको छ । पुनर्निर्माणको कामले गति नलिएको भन्दै आलोचना भइरहेका बेला प्राधिकरणले भने नीजि आवास निर्माणको कामलाई प्राथमिकतामा राखेर लाभग्राहीहरुलाई दोस्रो र तेस्रो किस्ताको अनुदान रकम वितरण गरिरहेको जनाएको हो ।

पुनर्निर्माणको कामले गति नलिएको भन्दै आलोचना भए पनि प्राधिकरणले भने विभिन्न अभियान नै सञ्चालन गरेर काम भइरहेको जनाएको छ । त्यस मध्ये नीजि आवास निर्माण प्राथमिकतामा रहेको प्राधिकरणको भनाइ छ । भुकम्पबाट अतिप्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लाका ७ लाख ७५ हजार १ सय ४९ लाभग्राहीको पहिचान भएकोमा ७ लाख १९ हजार २ सय ३२ सँग अनुदान सम्झौता गरिएको प्राधिकरणले जनाएको छ ।

त्यसमध्ये ७ लाख १० हजार ६ सय ६७ लाभग्राहीले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरिसकेका छन् । त्यस्तै ४ लाख ४२ हजार ६ सय ७६ लाभग्राहीलाई दोस्रो किस्ताका लागि प्रमाणित गरिएकोमा हालसम्म ४ लाख ९ हजार ४ सय १० लाभग्राहीले दोस्रो किस्ता प्राप्त गरिसकेको प्राधिकरणले जनाएको छ । साथै १ लाख ४२ हजारले तेस्रो किस्तासमेत प्राप्त गरिसकेका छन् । दोस्रो किस्ता लिने समयावधि असार मसान्त नजिकिएकाले पनि घर निर्माण सुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्यामा बढिरहेको प्राधिकरणको भनाइ छ ।

कतिपय लाभग्राहीले भने पहिलो किस्ताको रकम लिएर पनि घर निर्माण सुरु नगरेको प्राधिकरणको भनाइ छ । १ लाख ६१ हजार ३ सय १ लाभग्राहीले भने घर निर्माण सम्पन्न गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);