नेपाल र चीनको बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाल र चीनको बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

pradip gyawali

काठमाडौं, १ असार । नेपाल र चीनको बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मेबाट तातोपानी नाका खुल्ने बताएका हुन् ।

परराष्ट्र मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री ज्ञवालीले यसबारे पर्याप्त छलफल भएको जानकारी दिए । नेपालले आफ्नो तर्फको सडक बनाउने काम सकिएपछि चीनले खुलाउने मन्त्री ज्ञवालीको भनाई थियो ।

तर, अब तातोपानी नाकाको भन्सार क्लियरेन्स भने न्यालमबाट हुने सम्भावना छ । भूकम्पपछि बन्द भएको तातोपानी खुलाउन नेपालले पहल गरिरहेको थियो । अब नाका कार्गोका लागि खुल्ने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);