हामीले चीनबाट लाभ लिन सकेनौं, राष्ट्रपतिको भ्रमणले वातावरण बनाउँछः मन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

हामीले चीनबाट लाभ लिन सकेनौं, राष्ट्रपतिको भ्रमणले वातावरण बनाउँछः मन्त्री ज्ञवाली

pradip gyawali

काठमाडौं, १० बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय भ्रमणले नेपाल–चीन द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास दिलाएका छन्।

सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले भ्रमणले चीनको विकाससँग नेपाललाई जोड्न विभिन्न माध्यम र उपायहरुको खोजी गर्ने बताए।

राष्ट्रपति भण्डारीले भ्रमणको दौरान बेल्ट एण्ड रोड ईनिसिएटिभ फोरममा उद्घाटन सत्रको उच्चस्तरीय भेला र चिनियाँ राष्ट्रपति सी चिनफिङले सञ्चालन गर्ने राउण्ड टेबलमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले सुनाए।

भ्रमणका क्रममा अप्रिल २९ तारिखमा चिनियाँ राष्ट्रपतिसँग द्धिपक्षीय औपचारिक वार्ता गर्ने र त्यही दिन विभिन्न सन्धि, सम्झौता तथा प्रोटोकलमा हस्ताक्षर गर्ने उनले जानकारी दिए।

राष्ट्रपति भण्डारीले चीनको प्राचिन शहर र चिनियाँ राष्ट्रपतिको गृहनगरसमेत रहेको सियान, स्वायत्त क्षेत्र तिब्बतस्थित  ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको र प्रान्तीय गभर्नरसँग भेटवार्ता गर्ने उनको भनाई छ। राष्ट्रपति भण्डारीको भ्रमण र भेटवार्ताले नेपाल–चीन सम्बन्ध अझै उचाईमा बढाउने उनको विश्वास छ।

मन्त्री ज्ञवालीले नेपाल–चीन सम्बन्धमा अहिले कुनै समस्या नरहेको बताउँदै चीनसँग जोडिएर नेपालले जसरी लाभ लिनुपर्ने थियो त्यो भने लिन नसकेको बताए।

उनले भने, ‘अब भने हामी चीनसँग सार्थक रुपमा आर्थिक लाभ लिनेगरी अघि बढ्छौं।’ आफू यसअघि चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँगको भेटवार्तामा नै नेपाल–चीन विकासको ‘फ्रेमवर्क’ तय भैसकेको पनि ज्ञवालीले सुनाए। उक्त ‘ट्रान्स हिमालयन मल्टि–डाईमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सिमा वारपार रेल, सडकहरु, बन्दरगाहाहरु, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषयहरु पर्ने उनले सुनाए।

हालै नेपालले चीनसँग बिआरआईअन्तर्गत आफूहरुले गर्न खोजेका कामका सूचीसमेत आदान–प्रदान गरिसकेको उनको भनाई छ।

राष्ट्रपति भण्डारीको भ्रमणमा चीनसँग सन् २०१६ मा भएको यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्न लागेको जानकारी दिँदै उनले भने, ‘त्यो प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालका उत्तरी नाकाहरु उपयोग गरेर चीनको जुनसुकै बाटो प्रयोग गरेरपनि हामीले चीनका चारवटा समुन्द्री बन्दरगाह र तीन वटा सुख्खा बन्दरगाहा प्रयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछौं। त्यसले हाम्रो पारवहन सुविधालाई विविधता बनाउन र एकपक्षीय निर्भरता अन्त्य गर्न एउटा ठूलो भूमिका खेल्नेछ।’

यसका अलवा अन्य थुप्रै समझदारीपत्रहरुमा हस्ताक्षर गर्न लागेको र उपयुक्त समयमा जानकारी गराइने उनले विश्वास दिलाए। मन्त्री ज्ञवालीले आगामी मे महिनामा तातोपानी नाका खुल्ने जानकारी गराए।

चिनियाँ उच्चस्तरीय नेतृत्वको नेपाल भ्रमण छिट्टै हुनेमा आफूहरु आशावादी रहेको पनि उनले सुनाए। उनले भने, ‘उचित समयमा चिनियाँ उच्चस्तरीय राजनीतिक नेतृत्वको भ्रमण हुनेछ।’

यही बैशाखको अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाने पनि उनले जानकारी दिए।  यो समाचार नागरिक दैनिक पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);