चिनियाँ रक्षा मन्त्री नेपाल आउँदै, के के गर्दैछन् नेपालमा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चिनियाँ रक्षा मन्त्री नेपाल आउँदै, के के गर्दैछन् नेपालमा ?

तीनदिने औपचारिक भ्रमणका लागि चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान आज नेपाल आउँदै, आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुने

चिनियाँ रक्षा मन्त्री नेपाल आउँदै

काठमाडौं । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार नै शिष्टाचार भेट गर्नुहुनेछ ।

रक्षामन्त्री खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै भेटवार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुहुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुहुनेछ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग पनि रक्षामन्त्री चाङले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

त्यसअघि मन्त्री चाङले सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्नुहुनेछ । रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमण गर्नेसमेत कार्यक्रम रहेको छ ।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो र सहयोगका बारेमा छलफल हुने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले जानकारी दिनुभयो ।

चिनियाँ रक्षामन्त्री चाङको उच्चस्तरको भ्रमणले नेपाल र चीनबीचको सम्बन्धमा थप उचाइ प्रदान गर्ने विश्वास प्रवक्ता नागिलाले व्यक्त गर्नुभयो ।

नेपालको पूर्वाधार निर्माणमा चीनको सबैभन्दा ठूलो सहयोग रहँदै आएको छ । चीनले पछिल्लो समय नेपालका ऊर्जा, सडक सञ्जाल, प्रविधि तथा व्यापार क्षेत्रमा लगानी र सहयोग गरिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);