चिनियाँ रक्षामन्त्री वेई फेङहे काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चिनियाँ रक्षामन्त्री वेई फेङहे काठमाडौंमा

काठमाडौं, १४ मंसिर । चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङ्हे नेपाल आइपुग्नुभएको छ । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री फेङ्हेको भ्रमण भएको हो ।

एक दिने भ्रमणका क्रममा फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीका साथै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने उल्लेख गरिएको छ । फेङहे आइतबार नै स्वदेश फर्किने समेत जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र विवाद बढ्दै गएको अवस्थामा फेङहेको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);