सोमबार बसेको मन्त्रीपरिषद बैठकका निर्णय बिहीबार सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सोमबार बसेको मन्त्रीपरिषद बैठकका निर्णय बिहीबार सार्वजनिक

oli cabinet

काठमाडौं, १३ मंसिर । सरकारले राष्ट्रपति विद्या भण्डारीको पोल्याण्ड भ्रमण स्विकृत गरेको छ ।  सोमबार बसेको मन्त्रीपरिषद बैठकले संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धि महासन्धिको २४ औं सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्ने राष्ट्रपति भण्डारीको कार्यक्रमलाई स्विकृत गरेको हो ।

राष्ट्रपति भण्डारीको सो भ्रमणले पोल्याण्डसँगको नेपालको सम्बन्ध झनै प्रगाढ हुने विश्वास सरकारले लिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

राष्ट्रपति भण्डारीको सो भ्रमणमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र सांसदहरु समेत सहभागी हुनेछन । बिहिबार आफ्नै मन्त्रालयका पत्रकार सम्मेलन गरी मन्त्री बास्कोटाले सोमबार बसेको मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी गराएका हुन् । राष्ट्रपति भण्डारीले मंसीर १८ र १९ गते सो सम्मेलनमा सहभागी भई स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सरकारले नेपाल–भारत सुरक्षासम्बन्धि द्धिपक्षीय परामर्श समूहको बैठक मंसीर २७ र २८ गते काठमाडौंमा गर्ने प्रस्ताव पनि स्विकृत गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रचारप्रसार, मंच व्यवस्थापनसहितको खर्च पनि सरकारले सार्वजनिक गरेको छ ।

सो कार्यक्रमको शुभारम्भ, प्रचारप्रसार र समारोह व्यवस्थापनका लागि ६७ लाख २३ हजार ७ सय ५० रुपैयाँ खर्च गरिएको पनि मन्त्री बास्कोटाले जानकारी दिए । धेरै खर्च भएको भन्ने समाचार आएपछि त्यस सम्बन्धमा जानकारी दिइएको उनको भनाई थियो ।

मन्त्रीपरिषद बैठकले ‘रेल वे ऐन, २०२०’ खारेज गरी रेल वेसम्बन्धि विधेयक, २०७५ तर्जुमा गर्न सैद्धान्तिक स्विकृति पनि प्रदान गरेको छ । त्यसैगरी सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीलाई प्रतिवेदन तयारी पारी बुझाउन मंसीर २५ गतेसम्मको समय थप गर्ने निर्णय पनि सोमबार बसेको मन्त्रीपरिषद बैठकले गरेको छ ।

भदौ ८ गते बसेको मन्त्रीपरिषद बैठकले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका विभिन्न माग राखि आन्दोलनमा रहेका समूहको मागलाई सम्बोधन हुने गरी वार्ता गर्न पाण्डे नेतृत्वको राजनीतिक वार्ता समिति गठन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);