संवैधानिक निकायका पदाधिकारीको सपथग्रहणमा उपराष्ट्रपति र सभामुखको बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

संवैधानिक निकायका पदाधिकारीको सपथग्रहणमा उपराष्ट्रपति र सभामुखको बहिष्कार

काठमाडाैं, २१ माघ । संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका पदाधिकारीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ खुवाउनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको सपथग्रहण समारोहमा प्रधानमन्त्री केपीशर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतको सहभागी थियो ।

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी ओलीले ३० मंसिरमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनुभएको थियो । उक्त दिन बसेको परिषद् बैठकले ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सो समारोहमा उपरााष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले भने बहिष्कार गर्नुभएको छ। यस्तो समारोहमा उपराष्ट्रपति र सभमुख सहभागी हुने परम्परा छ, । नेकपा बिभाजनका कारण उहाँहरु सहभागी नभएको स्रोतले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);