संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध सभामुख सर्वोच्चमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध सभामुख सर्वोच्चमा

agani sapkota1

काठमाडौं, २३ माघ । सभामुख अग्नि सापकोटा शुक्रबार आफै सर्वोच्च अदालत पुगेर संवैधानिक निकायहरुमा भएको नियुक्ती बदर गर्न माग गर्दै रिट दर्ता गराउनु भएको छ । रिटमा राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक परिषद्का सचिव रहने मुख्य सचिव लगायत नियुक्ति भएका सबैलाई मुद्दामा विपक्षी बनाइएको बताइएको छ ।

उक्त निवेदनमा सुनुवाइका लागि सर्वोच्चले आइतबारको मिति तोकेको छ । सरकारले संवैधानिक निकायमा नियुक्तिका लागि अध्यादेश जारी गर्दै उपस्थितिको बहुमतले नियुक्ति गर्न सक्ने प्रावधान गरेको थियो । उक्त अध्यादेशपछि प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख अनुपस्थित हुँदा समेत नियुक्ति गर्न सकिने व्यवस्था भएको थियो ।

संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै बुधबार शीतल निवासमा शपथ गराइएको थियो । संविधानअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनुपर्ने थियो ।

तर सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीलाई टेकेर नियुक्ति दिइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);