संवैधानिक पदाधिकारीको सपथ, उपराष्ट्रपति र सभामुख अनुपस्थित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

संवैधानिक पदाधिकारीको सपथ, उपराष्ट्रपति र सभामुख अनुपस्थित

काठमाडौं, २१ माघ । संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका पदाधिकारीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

बुधबार राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ खुवाउनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको सपथग्रहण समारोहमा प्रधानमन्त्री केपीशर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतको सहभागी थियो ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद अनुपस्थित रहनु भयो ।सभामुख अग्निप्रसाद सापकोटाले नियुक्तिको सिफारिस पत्रलाई परिषद्मा नै फिर्ता पठाउनुभएको थियो विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले ३० मंसिरमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनुभएको थियो । उक्त दिन बसेको परिषद् बैठकले ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);