उप-राष्ट्रपति नन्दबहादुर पुनद्वारा पद तथा गोपनियताको सपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उप-राष्ट्रपति नन्दबहादुर पुनद्वारा पद तथा गोपनियताको सपथ

Nanda-Bahadur-pun

काठमाडौं, ५ चैत । उप-राष्ट्रपति नन्दबहादुर पुनले आज दोस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ खाएका छन् । सपथसँगै उनको दोस्रो कार्यकाल सुरु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाएका हुन् ।

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसद लगायतको उपस्थिति थियो । पुन आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);