चार संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

चार संसदीय समितिको बैठक बस्दै

sanghiya samsadh

काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछन् । जसअनुसार दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ भने दिउँसो २ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार