प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिए

काठमाडौं, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

ओली नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सहभागिता रहेको छ ।

प्रधानमन्त्री ओलीले लालबाबु पण्डितलाई जनसङ्ख्या तथा वातावरण र राष्ट्रियसभाका सदस्य थममाया थापालाई महिला, बालबालिका र समाजकल्याण मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुले पनि राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ खाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);