नवनियुक्त मन्त्री भट्टराईले लिए पद तथा गोपनियताको सपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नवनियुक्त मन्त्री भट्टराईले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्री भट्टराईले आजै पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनुभएको हो ।

सपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभा र प्रतिनिधी सभाका सभामुखको उपस्थिती रहेको थियो ।

नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका भट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुनुहुन्छ । ताप्लेजुङमा गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो। रिक्त मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्दै आउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले निर्वाचनका बेला ताप्लेजुङ पुगेर भट्टराईलाई जिताउन मतदातासमक्ष आग्रह गरेका थिए । ओलीले भोटमाग्ने बेलामा मतदातासँग तँपाइहरुले जिताएर पठाउनुस् मन्त्रि बनाउनेकाम मेरो भयो भनेर बाचा गरेका थिए । सो बाचा ओलीले आज पुरा गरेका छन् । भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्य हुन् ।

भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो । उहाँको बुबाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो । उहाँले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गर्नुभएको छ। उहाँले २०३७ सालमा अनेरास्ववियुको राजनीति थाल्नुभएको हो । २०५१ सालमा उहाँ अनेरास्ववियूको अध्यक्ष हुनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);