मन्त्रिपरिषद विस्तार : नवनियुक्त मन्त्रीहरुले राष्ट्रपतिबाट खाए सपथ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मन्त्रिपरिषद विस्तार : नवनियुक्त मन्त्रीहरुले राष्ट्रपतिबाट खाए सपथ

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज एमालेबाट १० जना र माओवादीबाट ६ जना मन्त्री र राज्यमन्त्रीले सपथ खाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाएका हुन् । यो संगै  सरकारमा २२ जना मन्त्री बनेका छन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपनि नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, कायममुकायम प्रधानन्यायाधिश दिपकराज जोशी, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री भएलगत्तै उनले एमालेका लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए ।

त्यसको हस्ता दिन पछि प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई पनि समेटर चार जना मन्त्रीहरु थप गरेका थिए । प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरम, नेपाल पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् ।

यस्तो छ मन्त्रिपरिषद्को पूर्ण विवरण :

यी हुन् अाज सपथ खाएका मन्त्री

एमालेबाट

१) गोकर्ण विष्ट – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

२) प्रदिप ज्ञवाली – परराष्ट्र मन्त्री

३) शेरबहादुर तामाङ – कानुन तथा न्यायमन्त्री

४) रघुविर महासेठ – भौतिक पुर्वाधार तथा यातायात मन्त्री

५) रवीन्द्र अधिकारी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

६) लालबाबु पण्डित – संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्री

७) जगतबहादुर विश्वकर्मा-युवा तथा खेलकुद मन्त्री

राज्यमन्त्री

८) गोकुल बास्कोटा – सञ्चार राज्यमन्त्री

९) पद्मा अर्याल – स्वास्थ  तथा जनसंख्या राज्यमन्त्री

१०) धनबहादुर बुढा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

माओवादी :

१) गिरिराजमणि पोखरेल – शिक्षा मन्त्री

२) वर्षमान पुन -उर्जा जलस्रोत तथा सिचाइ मन्त्री

३) चक्रपाणी खनाल – कृषि तथा भुमिसुधार मन्त्री

४) शक्ति बस्नेत – वन तथा वातावरण मन्त्री

५) विणा मगर – खानेपानी मन्त्री

६) रामकुमारी चौधरी – कृषि तथा भुमिसुधार राज्यमन्त्री

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);