प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए सपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए सपथ

विराटनगर, १३ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधान राईले विस्तारित मन्त्रिपरिषद्का नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री राईले गरे प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

नवनियुक्त मन्त्रीहरु टङ्क आङ्बोहाङले आर्थिक मामिला तथा योजनामन्त्री, उषाकला राइले सामाजिक विकास मन्त्री, अम्बिरबाबु गुरुङले भौतिक पूर्वाधार विकास मन्त्रीको सपथ लिए ।

त्यसैगरी राम रानाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री र कला घलेले भूमि व्यवस्था‚ कृषि‚ सहकारी तथा कृषि राज्यमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन्।

शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ लिम्बु, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री राम राना र भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);