बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले बुधबार सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले उनीहरुलाई पद र गोपनियताको सपथ खुवाएका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले आज ३ जना मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गरेका छन् । उनले प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डेय, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा सिन्धुपाल्चोकका सरेस नेपाल र सामाजिक विकासमन्त्रीमा दोलखाकी सरस्वती बस्नेतलाई नियुक्त गरेका हुन् । त्यस्तै सामाजिक विकास राज्यमन्त्रीमा धादिङ्का डा. रामकुमार अधिकारीलाई नियुक्त गरिएको हो ।

अहिले नेकपा एमाले ओली पक्षको एकल सरकार रहेको बागमतीमा गत पुस १० गते तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएका थिए ।

सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएपछि बागमती प्रदेशकाका तीन मन्त्रालय मन्त्रीविहिन थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);