बागमती प्रदेशमा चार मन्त्री थपिए, आजै सपथग्रहण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बागमती प्रदेशमा चार मन्त्री थपिए, आजै सपथग्रहण

dormani poudel

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री पौडेलले आज दिउँसो ४ बजे तीन जनालाई मन्त्री र एक जना राज्यमन्त्रीको जिम्मेवारी प्रदान गरेका हुन् ।

मन्त्री बन्नेहरुमा केशवराज पाण्डे, सरेश नेपाल र सरस्वती बस्नेतलाई मन्त्री तथा धादिङका सांसद डा. रामकुमार अधिकारीलाई राज्यमन्त्रीको जिम्मेवारी प्रदान गर्न लागिएको छ ।

पाण्डेलाई आन्तरिक मामिला तथा योजना, नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरण र बस्नेतलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी प्रदान गर्न लागिएको बताइएको छ । अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीको रुपमा सपथ ग्रहण गराउने तयारी मुख्यमन्त्री कार्यालयको रहेको छ ।

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्तासागै तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरुमा राज्यमन्त्रीको समेत व्यवस्था गर्ने गरी प्रदेश सरकार पुनर्गठन गरिएको हो ।

गत पुस १० गते आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएपछि मन्त्रालयहरु मन्त्रीविहीन थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);