नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । बिहीबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त ७ मन्त्रीले राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति भण्डारीसमक्ष सपथ ग्रहण गरेका छन् भने एक राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार गृह, उद्योग सहित ७ मन्त्री र वन मन्त्रालयमा एक राज्यमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले गृह मन्त्रालय खगराज अधिकारीले दिएका छन् ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार ताथ सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपंछीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारद मुनि राना नियुक्त भएका छन् ।

त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी, मोहन बानियाँ विनाविभागीय र आशा कुमारी विक वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);