प्रधानमन्त्री ओलीले गरे तीन सदस्यीय मन्त्रिपरिषद् गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओलीले गरे तीन सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीले एमालेका लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका छन् । पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालय र थापालाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैबीच, नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री पण्डित र महिला तथा बालबालिका मन्त्री थापाले पनि राष्ट्रपति विद्या भण्डारीबाट राष्ट्रपति भवन सितल निवासमा पद तथा गोपनियताको सपथ लिएका छन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नवनियुक्त प्रधानमन्त्री ओली, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधिश गोपालप्रसाद पराजुली, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले भने पार्टी एकता टुंगोमा पुर्याएपछि मात्रै सरकारमा मन्त्रीहरु पठाउने जनाएको छ । सरकारमा एमालेबाट ७० र माओवादी केन्द्रबाट ३० प्रतिशत मन्त्रीहरु सहभागी हुने विषयमा भने २ दलबीच सहमति भईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);