नवनियुक्त मन्त्रीहरूद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नवनियुक्त मन्त्रीहरूद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

naya mantriharu

काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गराउनुभएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्नुभएको थियो ।सपथ लिनुहुने मन्त्रीहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ रहनु भएको छ ।

यसैगरी ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ गराउनुभएको थियो । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री ओलीबाट पद तथा गोपनियताको सपथ लिनु भएको हो ।

नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने संवैधानिक व्यवस्था रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);