प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल पुनर्गठन, नयाँ मन्त्रीको शपथ कार्यक्रम आज ११ बजे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल पुनर्गठन, नयाँ मन्त्रीको शपथ कार्यक्रम आज ११ बजे

pm kp oli

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रिमण्डल पुनर्गठनको सिफारिस गर्नुभएको हो ।

पुनर्गठित मन्त्रिमण्डलमा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जना नयाँ अनुहार थपिएका छन् । नयाँ मन्त्रीका रूपमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्त नेम्बाङ र पार्वत गुरुङ छन् । त्यस्तै राज्यमन्त्रीमा मोती दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् ।

हटाइएका मन्त्रीमा रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, मात्रिका यादव, चक्रपाणि खनाल र थममाया थापा छन् भने राज्यमन्त्रीहरू धनबहादुर बुढा, रामकुमारी चौधरी र डा. सुरेन्द्र यादव रहेका छन् । सत्ता साक्षेदार दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट निकालेर कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने स्वास्थ्यमा कानुनमन्त्री भानुभक्त ढकाललाई लगिएको छ । उपप्रधानमन्त्री यादवको मन्त्रालय मात्र फेरिएको छैन, उनको पार्टीले यसअघि पाएको स्वास्थ्य राज्यमन्त्रीसमेत खोसिएको छ । मन्त्रिमण्डलमा उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, संस्कृति पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेतको जिम्मेवारी यथावत् राखिएको छ ।

यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडा, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई, खेलकुदमन्त्री जगत विश्वकर्मा, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल र खानेपानीमन्त्री विना मगरको मन्त्रालय पनि यथावत् छ । नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण बिहन ११ बजे गराइने भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नयाँ मन्त्रीहरूको सपथ ग्रहणको कार्यक्रम तयारी पुरा भएको जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);