मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्रीलाई सकस | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्रीलाई सकस

kp oli

काठमाडौं, ४ मंसिर । आज मन्त्रिमण्डल पुनर्गठन गरि सपथ खुवाउने तयारी गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलको पुर्नगठन गर्न सक्नु भएन । पार्टीको सचिवालय बैठकमा मन्त्रिहरुको टुँङ्गो लगाएर जिम्मेवारी बाँडफाँड गर्ने तयारी भए पनि मन्त्रिमण्डल हेरफेर भने हुन सकेन ।

पार्टीमा कार्यकारी अध्यक्ष प्रचण्ड हुने र सरकारको जिम्मेवारी भने अर्का अध्यक्ष केपी शर्मा ओलीले गर्नेमा भने लामो रस्साकस्सीपछि टुंगिएको छ ।

सरकार पुनर्गठन पछि को को मन्त्री हुँदैछन् र को बाहिरिँदै छन् भन्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको हुँदा छिटै मन्त्रीमण्डल पुर्नगठन हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

नेकपामा पूर्व माओवादी र पूर्व एमाले भन्ने नभएको नेकपा नेता दिनानाथ शर्माले जानकरी दिँदै सक्षम व्यक्ति नै मन्त्रिमण्डल पुर्नगठनपछि मन्त्री बन्ने बताउनुभयो । अहिले सरकारमा रहेका मन्त्रीहरु असक्षम भएर नभई अझ प्रभावकारी हुने गरि काम गर्न सक्ने व्यक्तिहरुलाई जिम्मेवारी दिएर सरकारको कामलाई चुस्त बनाउन मन्त्रिमण्डल पुर्नगठन गर्न लागिएको नेता शर्माले बताउनुभयो ।

रिक्त रहेको सभामुखको विषयलाई पनि आधार मानिएको हुँदा उपसभामुखलाई राजिनामा गर्न लगाएर सभामुख नेकपाले नै राख्ने विषयमा समेत छलफल केन्द्रित हुँदा मन्त्रिमण्डल पुनर्गठन बुधबारनै सम्पन्न गर्न नसकिएको नेकपा नेता शर्माले जानकारी दिनुभयो ।

मन्त्रिमण्डल पुनर्गठन गर्न बसेको नेकपा सचिवालय बैठकले अध्यक्षद्वयको कार्यविभाजन समेत गरेको छ । नेकपामा अध्यक्षहरुको बरियताक्रम समान रहने तर कार्यकारी अधिकार सहितको पार्टी संगठनको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई र सरकार संचालनको जिम्मेवारी अर्का अध्यक्ष केपी शर्मा ओलीलाई दिने नेकपा सचिवालयले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);