नवनियुक्त मन्त्रीहरुले लिए शपथ, नारायणकाजीको जिम्मेवारी हेरफेर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नवनियुक्त मन्त्रीहरुले लिए शपथ, नारायणकाजीको जिम्मेवारी हेरफेर

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।

शुक्रबार प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

नेपाली कांग्रेसका तर्फबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री हुनुभएको छ भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री हुनुभएको छ ।

साथै, जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, एकीकृत समाजवादीका तर्फबाट बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त हुनुभएको छ । यसैगरि माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्नुभएको छ ।

भौतिक पूर्वाधारमन्त्री रहनुभएका नारायणकाजी श्रेष्ठलाई भने गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);