वर्तमान समस्या समाधान गरी अर्थतन्त्र सुधार गर्न सरकारले सकारात्मक हस्तक्षेप गर्छः उपप्रधानमन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वर्तमान समस्या समाधान गरी अर्थतन्त्र सुधार गर्न सरकारले सकारात्मक हस्तक्षेप गर्छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताउनुभएको हो ।

शुक्रवार काठमाडौंमा भएको २४ औं फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्ने बताउनुभएको हो । उहाँले वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनरुप सरकारले सकारात्मक रुपमा अर्थतन्त्रमा हस्तक्षेप गरी अर्थतन्त्रमा सुधार र विकास निमार्णलाई गुणात्मक बनाउन मेहनत आवश्यक रहेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्छ भन्ने विषयमा सहमत रहेको बताउनु भयो । उहाँले आज नै मन्त्रीपरिषद्लाई पूर्णता दिएपछि अर्थतन्त्रको विषयमा छलफललाई निश्चित टुङ्गोमा पु¥याउने बताउनु भयो ।

उहाँले सरकारले प्राथमिकताको आधारमा नीति र योजना बनाउने बताउनु भयो । उहाँले अर्थतन्त्र तत्काल निराश हुनुपर्ने स्थितिमा नभएको भन्दै अर्थतन्त्रलाई सरकारले यथास्थितिको निरन्तरतामा नराख्ने बताउनु भयो ।

मन्त्री श्रेष्ठले सरकारले चुलिँदो व्यापार घाटालाई मन्त्रीहरुले जतिसुकै भाषण र प्रश्ताव पारित गरेपनि मुलुकको अर्थतन्त्रको यात्रालाई सही दिशातिर लैजान नसक्ने दाबी गर्नुभयो । उहाँले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सहितको सुशासन विकास र समृद्धिको लागि पहिलो शर्त भएको बताउनु भयो । उहाँले सरकारले पुँजीगत खर्चमा वृद्धि गर्न आवश्यकता रहेको बताउनु भयो । उहाँले व्यापार घाटा कम गर्नको निम्ति उत्पादनमा वृद्धि गरे मात्रै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी व्यापार घाटा कम गर्न सकिने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);