काठमाडौं । जनमत पार्टी सरकारबाट बाहिरिएको छ । शुक्रबार दिउँसो बालुवाटार पुगेर खानेपानी मन्त्री अब्दुल खानले राजीनामा बुझाउँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिएका हुन्।
उद्योग मन्त्रालय मागेको जनमतले रोजेको मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको हो ।