राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पद तथा गोपनियताको सपथ लिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पद तथा गोपनियताको सपथ लिए

काठमाडौं, १ चैत । नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्या भण्डारीले नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई राष्ट्रपति भवन सितल निवासमा बिहीबार अपरान्ह पद तथा गोपनियताको सपथ खुवाएकी हुन् ।

त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कार्यबाहक प्रधानन्यायाधिश दिपकराज जोशी, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

एमालेका सांसद तिमिल्सिना बुधबार राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचन भएका थिए । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन पनि आगामी आईतबार हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);