संसदमा महासचिव भरतराज गौतमद्वारा पद तथा गोपनियताको सपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संसदमा महासचिव भरतराज गौतमद्वारा पद तथा गोपनियताको सपथ

mahasachib bharatraj gautam

काठमाडौं, २३ वैशाख । संसद सचिवालयका महासचिव भरतराज गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

सोमबार संसदको महासचिवमा नियुक्त हुनुभएका गौतमले मंगलबार पद तथा गोपनियताको सपथ लिनुभएको हो । गौतमलाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ गराउनुभएको हो । सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गौतमले संविधान र कर्मचारी नियमावलीमा भएको व्यवस्थाअनुसार आफ्नो कर्तव्य वफादार भएर निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विभिन्न पार्टीका संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरुको सहभागिता रहेको थियो । सथपग्रहण पछि गौतमले मंगलवारै पदभार समेत ग्रहण गर्नुभएको छ । गौतमलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र प्रतिनिधिसभाका सभामुख सापकोटाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महासचिवमा नियुक्त गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);