सरकार र नेतृत्वले गरेका गल्तीबारे स्थायी कमिटीमा के हुन्छ ? : पूर्वमन्त्री छविलाल विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

सरकार र नेतृत्वले गरेका गल्तीबारे स्थायी कमिटीमा के हुन्छ ? : पूर्वमन्त्री छविलाल विश्वकर्मा

chhabilal bishwakarma

काठमाडौं, २३ वैशाख । राजनीतिमा अहिले चर्चा र सन्दर्भ सत्तारुढदल नेकपाको नै छ । किनकी नेकपा भित्र सत्तापक्ष र प्रतिपक्ष दुबै एउटै पार्टी भित्र देखिएको छ । यतिबेला बिपक्षी दलहरु चुपचाप र सुनसान बसिरहेको सन्दर्भमा हो-हल्ला गर्ने पार्टी पनि सत्तारुढ नै भएको छ । सत्तारुढ दल सत्तापक्ष पनि छ र बिपक्ष पनि भईरहेको छ । गत शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले आत्मआलोचना गरे पछि नेकपाभित्रका विवाद केहि मथ्थर भएको देखिएपनि भित्र भित्र भने नेतृत्व बिच अन्तर संघर्ष बढिरहेको नेताहरुले नै बताउँदै आएका छन् । नेतृत्व तहबीच अन्तरसंघर्ष के का लागि ? अन्तरसंघर्ष विचारका लागि कि ? पद र प्रतिष्ठा अनि भागबण्डाको लागि ? नेकपामा शीर्ष नेतृत्व भागबण्डामा अल्झिएका हुन ? उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभाको सदस्य बनाउन लागिएको हो ? कि प्रधानमन्त्रीलाई नेकपाको मैदानमा भकुण्डो बनाउन लागिएको हो ? बैशाख २५ गते बस्ने बस्ने नेकपा स्थायी कमिटी बैठकमा अब के हुन्छ ? सत्तारुढ दल नेकपा भित्रको विवाद र बैशाख २५ गते बस्ने स्थायी कमिटी बैठकका सम्बन्धमा नेकपा स्थायी कमिटी सदस्य, पूर्व मन्त्री एवं नेकपा प्रवास समन्वय कमिटीका इन्चार्ज छविललाल विश्वकर्मासँग कुराकानी :

नेतृत्व तहबीच अन्तरसंघर्ष के का लागि ?

सम्पन्न सचिवालय बैठकले नेपाल कम्युनिट पार्टी स्वदेश भित्र रहेका कार्यकर्ता, प्रवासमा रहेका कार्यकर्ता र आम जनता सबैको भाबनालाई हेक्का राखेर जनताको जनादेशलाई ध्यान दिएर सुझबुझपूर्ण एउटा समझदारीको परिस्थिती निमार्ण गर्नु भएको छ । पार्टीका अध्यक्ष कमरेटहरु सचिवालयमा रहने सबै कमरेटहरुलाई पार्टीबाट जनताको तर्फबाट धन्यवाद भन्न चाहन्छु ।

अन्तरसंघर्ष विचारका लागि कि ? पद र प्रतिष्ठा अनि भागबण्डाको लागि ?

पार्टीमा अन्तरसंघर्ष सकियो भन्ने हुँदैन । कम्युनिष्ट पार्टीमा अन्तरसंघर्ष चल्छ, कुन विषयमा कुन समयमा भन्ने हो । यो अन्तरसंघर्ष स्वाभाविक सहज त भएन, यो त अस्वाभनिय तहमा पुग्यो भयो । तर यसलाई स्वस्थ रचनात्मक बनाउनु पर्दछ ।

नेकपामा शीर्ष नेतृत्व भागबण्डामा अल्झिएका हुन ?

विचलीत हुन त हामी दिदै दिदैनौ । हाम्रा नेताहरु दुई अध्यक्ष हुनुहुन्छ । अध्यक्षहरुको बिचको सहमति, समझदारी र सुझबुझ पूर्ण निर्णयका आधारमा चलेको पार्टी हो ।

  • विस्तृत जानकारीको लागि तलको भिडियो हेर्नु होला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);