व्यक्तिगत कुण्ठा र इष्र्याले दुषित बन्दै नेकपाको आन्तरिक राजनीति (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

व्यक्तिगत कुण्ठा र इष्र्याले दुषित बन्दै नेकपाको आन्तरिक राजनीति (भिडियाेसहित)

प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनीधि सभा बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भुभाग रहेको र भारतबाट ती भूभाग अतिक्रमित भएकाले भुमी फिर्ता ल्याउन सरकारले कुटनैतिक प्रयास गरिरहेको बताउनु भएको थियो । प्रधानमन्त्रीले संसदलाई यतिमात्रै बताउनुभएन, सरकारले चाँडै नै लिम्पियाधुरा समेतलाई समेटेर नयाँ नेपालको नक्शा सार्वजनिक गर्ने घोषणा नै गर्नुभएको थियो ।

प्रधानमन्त्रीको घोषणा लगत्तै सरकारले अतिक्रमित भुभाग समेत समेटिएको नयाँ नक्शा नै सावैजनिक पनि ग¥यो । परिवर्तित नक्शालाई वैधानिकता प्रदान गर्न भन्दै सरकारले संघीय गणतन्त्र नेपालको संविधानको अनुसुचीमा संशोधित नक्शालाई संलग्न गर्न भन्दै संविधान संशोधनको प्रस्ताव संसद समक्ष पेश पनि गरेको थियो । जसलाई संसदको बैठकले सर्वसम्मत स्विकार समेत गरेको थियो ।

प्रधानमन्त्री ओलीको पछिल्लो यो कदम छिमेकी मुलुकका लागि पक्कै पनि प्रिय थिएन । यसैले पनि उसले प्रधानमन्त्री र उहाँले नेतृत्व गरेको पार्टी भित्र उसले चलखेल गर्नुलाई अन्यथा मान्न सकिन्न । कालापानी र लिम्पियाधुरा प्रकरणले पार्टीलाई राम्रैसँग हल्लाएको अनुभुती पछिल्ला चरणमा सपष्टसँग देख्न सकिन्छ । प्रधानमन्त्रीले नेपालको सीमा नक्शामा परिवर्तन गरेलगत्तैबाट पार्टी भित्र षडयन्त्रका जुन तानावाना बुनिन शुरु भए, त्यस सम्बन्धमा प्रधानमन्त्री ओलीले एक सार्वजनिक कार्यक्रममै नक्शा प्रकरणलाई लिएर आफ्ना विरुद्धमा भारतले षडयन्त्र गरेको र प्रधानमन्त्री पदबाटै हटाउने चलखेल भई रहेको बताउनु भएको थियो ।

त्यो लगत्तै पार्टीकै अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ब्यक्त गरेको षडयन्त्रका सम्बन्धमा पार्टी सचिवालय बैठकमै पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहालले भारतको ईशारामा नभई आफैंले प्रधानमन्त्रीको राजीनामा मागेको बताएसँगै नेकपाको विवाद सडकमै छताछुल्ल भएको थियो ।

अतिक्रमित भुमीका बिषयमा सरकारले लिएको अडान नै नेपालमा अस्थिर राजनीतिको चाहना राख्नेहरुका लागि अवसरका रुपमा देखिएको छ । यसैको परिणाम नै भन्नु पर्दछ, सत्तारुढ दल नेकपा भावनात्मक त्यसै बेला फुटिसकेको थियो । पार्टी भित्रै षडयन्त्र बुनिनु र सरकारले देशहीतका लागी प्रस्तावित गरेका कार्यक्रम समेत आन्तरिक द्वन्दको शिकार भई पार्टीबाटै अस्विकृत हुन थाल्नुले पनि पार्टी भित्रै सरकारलाई असहयोगको भावना घनीभुत हुँदै आएको थियो ।

लगत्तै प्रधानमन्त्रीले चितवनको ठोरी स्थित अयोध्यापुरी भगवान रामको जन्मभूमी हुनसक्ने भन्दै यसको पुरातात्विक अध्ययन जरुरी भएको बताएपछि त प्रधानमन्त्रीमाथी पार्टी र पार्टी बाहिरै जसरी आक्रमण शुरु भयो त्यसले हामी नेपाली सांस्कृतिक उपनिवेशवादबाट कुन हदसम्म थिचिएका रहेछौं भन्ने स्पष्ट बनाएको छ । प्रधानमन्त्री ओलीले सीमा समबन्धमा लिएको अडान र राम जन्मभुमीबारेको टिप्पणी नै यतिबेला ओली विरुद्ध लागेकाहरुका लागि भरपर्दो हतियार बन्न पुगेको प्रस्टै छ ।

नेपालको लुम्बिनीमा जन्मेका भगवान गौतम बुध्दलाई भारतले आफ्नो भूमीमा जन्मेको भनेर विश्वब्यापी प्रचार गरिरहँदा चूँ सम्म गर्न पनि हिच्किचाउने नेपाली नेताहरु, प्रधानमन्त्री ओलीले प्राप्त पुरातात्विक अवशेष र जनश्रुतीका आधारमा अयोध्यापुरी भगवान रामको जन्मभुमी हुन सक्ने भने आशंका जनाउँदा उनको विरोधमा तिन हात माथी उफ्रनु जरुरी थिएन ।

प्रधानमन्त्री माथी धुन्धुकारी र भष्मासुर जस्ता विशेषणहरुको वर्षा गर्नुको कुनै तुक नै थिएन । तर यसले नेपाललाई सांस्कृतिक उपनिवेश बनाउन कुन हदसम्मको चलखेल भएको रहेछ र यसका लागि को कस्ता पात्रहरुलाई प्रशिक्षित गरिएको रहेछ भन्ने कुरालाई भने प्रष्ट्याई दिएको छ । विपक्षीका लहरमा बसेर आफ्नै पार्टीभित्रैबाट असहयोगको राजनीति शुरु गरेपछि प्रधानमन्त्रीका लागि प्रतिनीधि सभा विघटन गरि अर्को जनादेशमा जानुको विकल्प थिएन ।

तत् अनुकुल नै प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनीधि सभा विघटनको शिफारिलाई सर्वोच्च अदालतले संविधान अनुकुल नभएको भन्दै बदर गरिदिएपछि त प्रधानमन्त्रीका खिलाफमा संस्थागत मोर्चाबन्दी नै शुरु भएको छ । र खुलेरै विदेशी शक्तिहरु यतिबेला सरकारका खिलाफमा बिभिन्न गुट उप गुटलाई कठपुतलीका ढाँचामा नचाउने कामलाई तिब्रता दिन लागि परेका छन् ।

सर्वोच्चको नयाँ आदेश अघि र पछि नेकपाको ओली इतर खेम जानेर वा नजानेर सार्वजनिक रुपमै विदेशी गुहार्न लागि परेका छन् । हालै मात्र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सञ्चार माध्यमलाई दिएको अन्तरवार्तामा पार्टीभित्रको आन्तरिक किचलोमा विदेशीलाई हस्तक्षेपका लागि खुलेरै आमन्त्रित गरे । आम नेपाली मुलुकको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप रुचाउँदैनन् ।

तर,आफ्नो नीजि अभिष्टका लागि पार्टी भित्रको किचलोमा आफ्नो हात माथी पार्न विदेशी गुहार्ने हिसाबले प्रचण्डबाट आउने यस प्रकारका अभिब्यक्ती नेपाली आत्म सम्मानका हिसाबले तयसैले पनि स्विकार्य छैन । स्पष्ट छ, प्रचण्डमा यसअघि देखिएको राष्ट्रियता शक्ति आर्जनका लागि प्रयोगमा ल्याईने हतियार मात्रै हो । त्यसैले यो प्रवृत्तिका नेताहरुको राष्ट्रिय राजनीतिमा हालीमुहाली रहेसम्म समुन्नत राष्ट्रवादको विकास सम्भव छैन । यसर्थपनि यस्ता प्रवृत्ति र पात्रहरुलाई राजनीतिबाटै किनारा लगाउन ढिलाई गर्नु हुँदैन ।नेपालको राजनिति बिदेशीका लागि हैन नेपालीको चाहना अनुकुल हुनु पर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);