सीमा बचाऔं अभियान नेपालद्वारा सुस्तासहितको नेपालको नक्सा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सीमा बचाऔं अभियान नेपालद्वारा सुस्तासहितको नेपालको नक्सा सार्वजनिक

काठमाडाैं, २९ पुस । सीमा बचाऔं अभियान नेपालले सुस्तासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । केही दिनअघि कालापानी र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेको अभियानले मंगलबार सीमा सहितको नक्सा सार्वजनिक गरेको हो ।

रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी नक्सा सार्वजनिक गरेपछि अभियानले सरकारलाई आधिकारीक नक्सा सार्जजनिक गर्न माग समेत गरेको छ । अभियानका संयोजक भैरव रिसालले सरकारसँग नक्शा जारी गर्न माग गर्नुभएको छ ।

वर्तमान सरकारले आफ्नै देशको भूभाग समेटेर नक्सा सार्बजनिक गर्न अलमल गरिरहेको भन्दै उहाँले सरकारको आलोचना समेत गर्नुभयो । ‘देशको नक्सा सार्वजनिक गर्न सरकारलाई केले रोक्यो ?’ रिसालले प्रश्न गर्दै भन्नुभयो, सरकारले नक्सा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउने सुरु हुन्छ ।,

पूर्व सचिव द्धारिका ढुंगेलले नागरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरुसामु प्रस्तुत गरेर सार्वजकि गर्न माग गरिएको बताउनुभयो । उहाँले नापी विभाग सार्वजनिक गर्न स्वीकारे पनि भूमि सुधार मन्त्रालयले नमानेको कारण अहिलेसम्म नक्सा सार्वजनिक नभएको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालय तहबाट दुवै देशबीच भएको पत्राचारलाई सरकारले प्रकाशित नगरेको भन्दै उहाँले प्रश्न समेत गर्नुभयो ।

प्रा.डा नरेन्द्र खनालले भारतले मेची क्षेत्रको सीमा विवादमा भारतले मानेको उल्लेख गर्दै पश्चिममा महाकाली क्षेत्रको सीमा विवाद र सुस्ताको विषय अझै समाधान नभएको बताउनुभयो ।

वरिष्ठ जलविज्ञ डा. जगतकुमार भुषालले देशको भूमी एक इन्चपनि अतिक्रमित हुन नहुने भन्दै कालापानी, लिम्पियाधुरा क्षेत्रका अलावा सुस्ताको अतिक्रमित भूभागसहितको नक्शा सरकारले जारी गर्नुपर्ने माग गर्नुभएको छ ।

अभियानको नक्शा समितिका सदस्य कमल बरालले तत्काल सरकारले कालापानी, लिम्पियाधुरा र सुस्तासहितको नक्शा सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);