जनकपुर जयनगर रेल २ महिना भित्रमा सञ्चालनमा आउँछ : मन्त्रीनेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

जनकपुर जयनगर रेल २ महिना भित्रमा सञ्चालनमा आउँछ : मन्त्रीनेम्वाङ

basantakumar

काठमाडौं, २९ पुस । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर जयनगर रेल २ महिनाभित्रमा सञ्चालनमा आउने बताउनुभएको छ ।

मंगलबार राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा बोल्दै मन्त्री नेम्वाङले यस्तो बताउनुभएको हो । ट्रयाक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट रेल खरिदका लागि अर्डर समेत भइसकेको उहाँले बताउनुभयो ।

जी टु जी माध्यमबाट रेल खरिद गरिने छ । २ महिनाभित्रमा जयनगर जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनमा आउने र त्यसपछि बर्दिबाससम्म विस्तार हुनेमा ढुक्क रहन उहाँले आग्रह गर्नुभयो ।

‘यति दिन भनेर मिति तोक्न सक्दिन तर चाँडै नेपालमा रेल सञ्चालन भएको देखिन्छ । रेलको बाटो निर्माण भएको देखिन्छ । रेल ऐन आइसकेको छ’, उहाँले भन्नुभयो ।

सरकारले संघ अन्तर्गत पर्ने बाटोहरुको पुनर्निर्माणका कामहरु गरिरहेको उहाँले बताउनुभएको छ । खाल्डा पुर्ने, कालोपत्रे गर्ने कामहरु संघीय सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

संघ अन्तर्गत रहेको १२ हजार किलोमिटर सडकको मर्मतको काम भइरहेको र करिब ४७ किलोमिटर सडक स्थानीय र प्रदेश सरकारले हेर्ने उहाँले बताउनुभयो ।

समिति बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक इञ्जिनियर गोगनबहादुर हमालले स्थानीय तहभित्र रहेको यातायात व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकार, प्रदेशभित्रको व्यवस्थापन गर्ने दायित्व प्रदेश सरकारको भएको बताउनुभयो ।

दुई प्रदेश जोडिएको हकमा, समग्र यातायात व्यवस्थापन सम्बन्धि मापदण्ड नीति बनाउने काम संघीय सरकारले गर्ने गरी जिम्मेवारी तोकिएको उहाँले बताउनुभयो । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी, गृहमन्त्रालयसँग पनि छलफल भइ योजनाहरु बनाउने काम सुरु गरिएको उहाँले बताउनुभयो ।

समितिमा सांसद दिनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिहरुले जथाभावी डोजर किनेर जथाभावी सडक निर्माण गरि गाडी गुडाउने गरेको अवस्था रहेको र त्यसलाई न्यूनिकरण गर्नुपर्ने बताउनुभयो ।

जनताको आवश्यकता अनुसार भन्दा जनप्रतिनिधिहरुले बिना अध्ययन आफ्नो घरसम्म जाने बाटो निर्माण गरिरहेको तर्फ सरकारले ध्यान दिनुपर्ने उहाँको आग्रह छ । स्थानीय स्तरमा निर्माण हुने सडकको मापदण्ड मन्त्रालयले तोक्नुपर्ने उहाँले बताउनुभयो ।

सांसद विमला राई पौडेलले चालकहरुसँग चालक अनुमतिपत्र छ छैन भन्ने कुरा यात्रुले थाहा नपाउने भएकाले यात्रुले देख्ने गरी कार्ड राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । चालकको नाम ठेगना र लाइसेन्स नम्बर यात्रुले देख्ने गरी राख्ने व्यवस्था भए यात्रु ठगिनबाट बच्ने उहाँको भनाई थियो ।

समितिमा मंगलबार यातायात व्यवस्थित गर्न दिइएको निर्देशन सडक जोखिम व्यवस्थापन, सडक दुर्घटना र धनजनको क्षति न्यूनीकरण गर्ने आवश्यक कार्ययोजना बनाएर लागु गर्ने गराउने सम्बन्धि दिइएको निर्देशनको पालना भए नभएको विषयमा मन्त्री र यातायात व्यवस्था विभागका महानिर्देशकसँग छलफल भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);