रेल सेवा सञ्चालन कात्तिकमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रेल सेवा सञ्चालन कात्तिकमा

railroad_track

काठमाडौं, २३ साउन । राजधानी काठमाडौँबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ ।

भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौँ आउने मौजुदा दूरी घटाउने भएको हो । अहिले कोलकाताबाट मालसामान वीरगञ्ज हुँदै काठमाडौँ आउँदै छ भने रेलसेवापछि बर्दिबास हुँदै काठमाडाँैं आउँदा मौजुदा दूरी १३० किलोमिटर घट्नेछ ।

तत्कालीन ब्रिटिस इन्डियाले नेपालको जङ्गलबाट काठ ओसार्नका लागि विसं १९९४ मा भारतको जयनगरदेखि महोत्तरीको बिजुलपुरासम्म रेलसेवा सञ्चालनमा ल्याएको थियो । काठ ओसार्नका लागि सञ्चालनमा ल्याइएको सो रेलसेवाले २०१८ सालदेखि यात्रुवाहक सेवा दिन थालेको हो । कोइला र पानीबाट सञ्चालन हुँदै आएको सो रेलसेवा २०५१ सालमा भारतले सहयोग स्वरूप उपलब्ध गराएपछि डिजेल इन्जिनका रूपमा सञ्चालनमा आएको थियो । जयनगरदेखि बिजुलपुरासम्मको दूरी ५२ किलोमिटर छ ।

रेलसेवा निर्धारित समयमै

यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बहुप्रतीक्षित जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने बताउनुभएको छ । उहाँले कात्तिक महिनाभित्रमा नै सो रेलसेवा सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएको जानकारीसमेत दिनुभयो । यो रेलसेवा सञ्चालनसँगै दोस्रो विश्वयुद्धभन्दा पहिले नै १९९४ सालमा सुरु भएको नेपालको एकमात्र रेलमार्गले पुनर्जीवन पाउने छ ।

जनकपुर–जयनगर रेलमार्गको निरीक्षणका क्रममा उहाँले जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने बताउनुभयो । मन्त्री महासेठले ट्रलीमा चढेर जनकपुरदेखि इनर्वासम्म २६ किलोमिटर रेलवे लिकको मङ्गलबार निरीक्षण गर्नुभयो । उहाँले सो रेलमार्गअन्तर्गत नेपालतर्फको अन्तिम स्टेसनका रूपमा रहेको इनर्वाको नजिकमा बाढीले बगाएको रेलवे लिकको निरीक्षण गर्नुभयो । गत असार अन्तिममा आएको बाढीले सो लिकमा क्षति पु¥याएको थियो ।

निरीक्षणका क्रममा उहाँले रेलवे लिकको बेस बगाएको ठाउँमा चाँडै नै मर्मतसम्भार गरी निर्धारित समयमा नै रेलसेवा सञ्चालनमा आउने गरी काम अगाडि बढाउन रेल विभागलाई निर्देशन दिनुभयो । बाढीले रेलवे लिकको बेस बगाए पनि निर्धारित समयमा नै रेल सञ्चालनमा कुनै समस्या नहुने उहाँले स्पष्ट पार्नुभयो । सो ठाउँमा बाढीले एक सय मिटर रेलवे लिकको बेस बगाएको छ ।

यसअघि उहाँले जनकपुर रेलवे स्टेसनको निरीक्षण गर्दै उहाँले रेलसेवा सञ्चालनका लागि बाँकी रहेका संरचनाहरूको निर्माण समयमा सम्पन्न गर्न तथा रेलवेको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउन कारबाही अगाडि बढाउन निर्देशनसमेत दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);