जयनगर-जनकपुर रेल सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

जयनगर-जनकपुर रेल सञ्चालनमा

जनकपुरधाम, २४ असोज । भारतको झारखण्डबाट पहिलो पटक मालवाहक रेल जनकपुर आइपुगेको छ । बुधबार दिउँसो रेलको लिकमा हाल्ने सामग्री बोकेको ५३ -याकसहितको मालवाहक रेल जनकपुर आइपुगेको हो ।

लामो समय देखि बन्द रहेको भारत देखि जनकपुरसम्म जोड्ने रेल सेवा बुधवारबाट संचालनमा आएको छ । भारत सरकारको सहयोगमा निर्माण भएको कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा अन्तर्गत जयनगरबाट–जनकपुरसम्म पहिलो पटक मालबाहक रेल संचालनमा आएको हो ।

अहिले भारत देखि जनकपुर, बर्दिवाससम्मको रेल्वे सञ्चालनका लागि धमाधम काम भईरहेको छ । कुर्थासम्मको रेल्वे सेवाका लागि स्टेशन भवन, आवास निर्माण अन्तिम अवस्थामा छ ।

भारतको जयनगरदेखि जनकपुरसम्म यात्रुवाहक रेल गुडाउन पूर्व तयारीका लागि बुधबार दिउँसो मालबाहक रेल ल्याएको प्राविधिकहरु बताउँछन् ।

रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इन्जिनियर विनोद कुमार ओझाका अनुसार पहिलो पटक जनकपुर आईपुगेको रेलमा लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट ल्याइएको हो ।

उनले रेल प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको ¥याकमा लोड गरिएको ब्लास्ट मजदुरहरुले लिकमा झार्दै आएका थिए ।

भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेसनलले ब्रोडगेज रेल सञ्चालनका लागि लिक बनाएको हो । यसअघि जयनगर–जनकपुर–बिजुलपुरा सञ्चालित न्यारोगेज रेलमा २० देखि २५ किलोमिटर प्रतिघण्टाको गति थियो । ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरको दूरी आधा घण्टामा पूरा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);