ओली सरकारले सुशासन दिन सकेन : शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ओली सरकारले सुशासन दिन सकेन : शेखर कोइराला

काठमाडौं, २४ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले सुशासन दिन नसकेको आरोप लगाएका छन् । नेता कोइरालाले मुलुकलाई समृद्ध बनाउने नारालाई सफल बनाउन लोकतान्त्रिक र पारदर्शी ढंगले अघि बढ्न पनि सरकारलाई सचेत गराए ।

बुधबार दसैंको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले दुई तिहाई बहुमतको वर्तमान सरकारलाई ‘फेल’ हुने छुट नरहेको स्मरण गराए ।

काँग्रेस नेता कोइरालाले सभ्य समाज निर्माणका लागि धर्म, संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने आवश्यक्तामा जोड दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);