नागरिकताको विषय सिङ्गो देशको समस्या होःडा.शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नागरिकताको विषय सिङ्गो देशको समस्या होःडा.शेखर कोइराला

dr sekhar koirala

काठामाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नागरिकताको विषय मधेशको मात्र नभई सिङ्गो नेपालको समस्या भएको बताएका छन् ।
शनिबार आयोजित भर्चुअल माध्यमको कार्यक्रमलाई संवोधन गर्दे नेता कोइरालाले नागरिकतासम्बन्धी विषयमा अनावश्यक भ्रम फैलाउन नहुने बताएका हुन् ।

२०६२÷६३सालपछि नेपालमा वितरण भएको नागरिकताको तथ्यांक स्मरण गराउँदै कोइरालाले देशभर २६ लाख १७ हजार नेपालीले नागरिकता पाएको उल्लेख गरे। उनले मधेशमा मात्र नभएर १३ लाख नागरिकता हिमाल र पहाडमा समेत वितरण गरिएको जानकारी गराए ।

सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयनमा सर्वाेच्च अदालतले रोक लगाउनु स्वभाविक भएको भन्दै मधेसका केही नेतालाई सरकारमा सहभागी गराउन ल्याइएके विधेयकको कुनै अर्थ नरहेको तर्क गरे ।

सर्वाेच्चले रोक्छ भन्ने थाहा हुँदाहुँदै नागरिकता जस्तो संवेदनशील विषयलाई अध्यादेशबाट ल्याउनु भनेको सत्ता साझेंदारको खेलमा सरकार लागिपरेको कोइरालाको तर्क थियो ।नेता कोइरालाले मधेसको माग पहिचान, प्रतिनिधित्व र पहुँच भएको भन्दै त्यसमा कांग्रेसको सधा साथ रहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);