नेपाली कांग्रेसले केन्द्रिय सदस्य शेखर कोइृरालाको प्रमुख अतिथ्यमा अगुवा कार्यकर्ता भेला सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाली कांग्रेसले केन्द्रिय सदस्य शेखर कोइृरालाको प्रमुख अतिथ्यमा अगुवा कार्यकर्ता भेला सम्पन्न

कञ्चनपुर, १२ माघ । कञ्चनपुरको बेलौरीमा नेपाली कांग्रेसले केन्द्रिय सदस्य शेखर कोइृरालाको प्रमुख अतिथ्यमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले बेलौरीमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा नेपाली कांग्रेस केन्द्रिय समिति सदस्य डाक्टर शेखर कोइृराला ,केन्द्रिय सदस्य बद्री पाण्डेय लगायत नेतागणहरुको उपस्थिति रहेको थियो ।

कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी नगरपालिका स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका नेता डा शेखर कोइराला भन्नुभयो अदालतबाट संसद पुनःस्थापनाको निर्णय नभए देश द्वन्द्वमा फस्ने खतरा रहेको बताएका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले संसद पुनःस्थापना नभए देश द्वन्द्वमा फस्ने खतरा रहेको बताएका छन्। अदालतबाट संसद पुनःस्थापनाको निर्णय भए अहिले देखिएको समस्या समाधान हुने, नभए देश नयाँ खालको द्वन्दमा फस्ने कोइरालाको भनाई छ। ‘संसद विघटनको मुद्धा अदालतमा विचाराधिन रहेको,नेकपाको दल विवाद टुंगो नलागेको र निर्वाचनको मिति नजिकिंदै गएकाले तोकिएकै मितिमा निर्वाचन हुने अवस्था छैन’ कोइरालाले भने अदालतले जुनसुकै निर्णय गरे पनि कांग्रेस अदालतको निर्णय स्वीकार गर्दै आगामि रणनीति तय गर्ने पक्षमा रहेको उनले बताए।

संसद विघटन असंवैधानिक भएकाले प्रधानमन्त्रीको कदमको बिरोधमा कांग्रेस सडकमा आइसकेकाले सरकारको बिरोध र निर्वाचनको तयारी दुबैलाई कांग्रेसले एकैसाथ अघि बढाउने कोइरालाले स्पष्ट पारे। उक्त भेलामा नेता कोइृरालाले पार्टी भित्रै पनि संघर्ष चलिरहेको बताए । पार्टीको महाअधिवेशन टार्दै जाने नेतृत्वको प्रबृत्ती विरुद्ध पार्टी भित्रै पनि संघर्ष गर्नुपरेको कोइरालाले बताए। महाअधिवेशन फागुनमा नहुने निश्चित भइसके पनि आगामि भदौ भित्र जसरी पनि महाअधिवेशन गर्नै पर्ने बाध्यता कांग्रेसलाई रहेको कोइरलाको भनाई छ।

‘संविधान, विधि र विधान मान्ने भए महाअधिवेशन भदौ भन्द पछि लैजान मिल्दैन’ कोइरालाल भने। संसदको निर्वाचन बैशाखमा भए पनि नभए पनि महाअधिवेशन भदौमा गर्नै पर्ने बाध्यता कांग्रेसलाई रहेको उनले बताए। तर, महाअधिवेशन गराउन नेतृत्वले आलटाल गरिरहेको कोइरालाको भनाई छ। भदौ भित्रै महाअधिवेशन गर्न नेतृत्वलाईसमेत दबाब दिन पार्टी भित्रै पनि संघर्ष आबश्यक रहेको उनले बताए।

कञ्चनपुर क्षेत्र नं. १ का क्षेत्रिय सभापति गोपी प्रजाद उपाध्ययको सभापत्तिवमा डाकेको नेता तथा कार्यकर्ता भेलामा केन्द्रिय सदस्य बद्री पाण्डेय,स्थानिय नेता दिवान सिङ बिष्ट लगायतका नेतागणले पनि पार्टीको भावी रणनिनी र सुधारका लागि स्थानिय स्तर देखी केन्द्रिय नेतृत्व पक्तिले पार्टीको बिधान अनुरुप सच्चिदै लाग्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);