सिवाइसी साकोसको एकिकरण अभियान तिव्र ,३० सहकारी एकिकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिवाइसी साकोसको एकिकरण अभियान तिव्र ,३० सहकारी एकिकरण

बागलुङ, १२ माघ । सहकारी संस्थाहरु धेरै भए भन्ने जनगुनासो आइरहेका बेला सरकारले एकिकरणको लागि प्रोत्साहन गर्ने नीति वनाएपछि बागलुङको एक सहकारीले नेपालमै पहिलो पटक ३० वटा सहकारी एकिकरण गरेको छ ।

सहकारी अभियानको आवश्यकता, गुणस्तरीय वित्तीय सेवा र जोखिम न्युनीकरणका लागि संस्था एकीकरण अभियान संचालन गरे संगै सिवाईसी सहकारीमा एकिकरण हुने लहर चलेको छ ।बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो समय सहकारी एकीकरणको अभियानलाई फराकिलो बनाउँदै गएको छ ।

देशको संघीय सहकारी ऐन २०७४ को परिच्छेद १५ दफा ८७ मा सहकारी एकीकरणसम्बन्धी व्यवस्था गरेपछि हाल सम्म ३० वटा सहकारी एकिकरण गरेको जनाएको छ । एटिएम ,मोवाईल वैकिङ, इटेलर ,क्युआर कोड मिष्डकल वैकिङ,ट्यावलेट वैकिंङ,रेमिट्न्स लगाएतका डिजिटल सेवा दिन थालेपछी सिवाईसीमा अन्य सहकारी एकिकरण हुन थालेका हुन ।

पछिल्लो समय अत्याधिका मात्रामा सहकारी संस्था दर्ता हुने र पछि त्यसलाई निरन्तरता नदिने परम्परा गरेको अवस्थामा सिवाईसीको अभियानले जिल्लाका सहकारीमा नयाँ माहोल सृजना गरेको छ । सहकारी दर्ता हुने र व्यवस्थापकीय क्षमताको अभावका कारण जिल्लाका कतिपय सहकारीहरु बन्द हुन थालेका थिए ।राज्यको निति अनुसार सहकारीमा सदस्यहरुको हित र वित्तीय सेवा प्रभावकारी बनाउनका लागि आफुहरु एकीकरण प्रक्रियामा अघि बढेको सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी दिए ।

एक–आपसमा एकीकरण हुन चाहने सहकारी संस्थाहरूले तयार पारेको सर्त तथा कार्यविधि र अवधारणपत्र सम्बन्धित संस्थाहरुको साधारणसभाबाट पारित गरी सम्बन्धित निकायबाट अनुमति लिएर सहकारी संस्थाहरू एकीकरण गर्न सकिने व्यवस्था छ ।नेपालमा सवै भन्दा भढी सहकारी एकीकरण गरी पुरस्कृत भएको सहकारीले हाल सम्म बागलुङ र म्याग्दीका का ३० वटा सहकारी एकिकरण गरिसकेको छ भने दर्ज भढी सहकारी एकिकरण हुने प्रक्रियामा रहेको जनाएको छ ।

सहकारीले ग्रामिण क्षेत्रको पुजि लाई चलायमान वनाउन महत्वपुर्ण भुमिका खेलेको र नेपालका धेरै सहकारीकर्मीहरुले सिवाईससी लाई सिकाई थलोको रुपमा लिने गरेको बागलुङ निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए ।सहकारीमा दोहोरो सदस्यताको अन्त्य गरी सहकारीमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै एक सक्षम र सवल सहकारी स्थापना गरी सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ एकिकरण अभियानलाई तिब्रता दिएको सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले बताए ।

सहकारीमा पैसा हेरेर कुरा गर्न नहुने भन्दै सहकारीले सवैलाई समान हैसियत दिने सस्था भएको पौडेलले वताए ।जिल्लाका १० वटै स्थानिय तहमा सेवा केन्द्र स्थापना गरेको सहकारीले म्याग्दी र पर्वतमा समेत सेवा केन्द्र विस्तार गरेको छ । छोटो समयमा धेरै सहकारी संस्था एकिकरण गर्न सफल सिवाइसी साकोस नेपालकै पहिलो हो । बागलुङमा स्थापना भई बचत तथा ऋणको काम गर्ने एकल उद्देश्य बोकेको सहकारीले हालै गण्डकी प्रदेशको सहकारी विभागवाट साविक धौलागिरी अञ्चलभर कार्यक्षेत्रको स्कृती पाएको छ ।

सहकारीले आर्थिक कारोवार मात्र नभई शेयर सदस्यलाई शंकट पर्दा सामाजिक काम समेत गर्दे आएका सहकारीका उपाध्यक्ष गण्डकी थापा अधिकारीले बताए ।सहकारीमा १३ हजार २ सय जना शेयर सदस्य ,२३ करोड ३० लाख शेयर पुजी र कुल पूजि तथा दायित्व १ अर्व ७० करोड पुगेको छ । कुल बचत १ अरब २६ करोड रहेको सस्थाको लगानीमा रहेको ऋण ९७ करोड २९ लाख छ भने सहकारीको सस्थागत पुजी ७ करोड रहेको सस्थाले जनाएको छ ।६३ जना कर्मचारी मार्फत १६ ठाउवाट सेवा दिन सुरु गरेको छ ।

सहकारीले १९ प्रकारका बचत सुविधा, १९ प्रकारका ऋण सुविधा दिँदै आएको यो सहकारीले ३६५ दिन नै सदस्यलाई सेवा प्रदान गर्ने गरेको छ ।सहकारीले यही माघ महिना भित्र पर्वत,म्याग्दीमा समेत सेवा केन्द्र विस्तार गर्ने जनाएको छ । चालु आर्थिक वर्षमा ३ जिल्लाका १९ स्थानमा सेवाकेन्द्र विस्तार गर्ने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);