सहकारीको पाँच करोड रकम हिनामिना प्रकरण : दुई जना कारागार चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सहकारीको पाँच करोड रकम हिनामिना प्रकरण : दुई जना कारागार चलान

दाङ । दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् । आइतबार जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग ५० र ५० लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले बताए ।

साविकको महाप्रभु सहकारी संस्थासहित अन्य तीन वटा सहकारी संस्था मर्ज भएर हाल देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा सञ्चालन भइरहेको छ । भण्डारी र ज्ञवाली दुवै महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष हुन् ।

सो सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संस्थाका पूर्वकोषाध्यक्ष रामकृष्ण पौडेल २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । सहकारीको रकम हिनामिना गरेको आरोपमा ४ जना कर्मचारीलाई यसअघि नै दाङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);