हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले  बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्री दर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ । 

युरोपियन यूरो एकको खरिद दर १३३रुपैयाँ ७५ पैसा र बिक्री दर १३४ रुपैयाँ ४४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ५४ पैसा र बिक्री दर १६१ रुपैयाँ ३६ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ४१ पैसा र बिक्री दर १२८ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ७९ पैसा र बिक्री दर ८५ रुपैयाँ २२ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८१ पैसा छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २२ पैसा र बिक्री दर १० रुपैयाँ २८ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५१ पैसा र बिक्री दर १८ रुपैयाँ ६० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । 

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ४२ पैसा र बिक्री दर ३१ रुपैयाँ ५८ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);