देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा भने आज गर्मी बढ्ने र तातो दिन हुनसक्ने सम्भावना रहेको छ । आज राति देशभरको पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहने तथा तराई भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । देशका हिमाली क्षेत्रका थोरै स्थानहरूका साथै कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेश लगायत अन्य बाँकी भू–भागका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने विभागको बुलेटिनमा उल्लेख छ ।

Leave a Reply

ताजा समाचार