काठमाडौँ ।
नेपाली काँग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साह आफ्नो सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउनुको सट्टा नेपालले भारतको भूमि अतिक्रमण गरेको कुरा प्रमाणित गर्न लागिपरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपाल विश्वको नजरमा सीमा आतिक्रमणकारी देश नभएको र बन्न नसक्ने बताउनुभयो ।
सांसद राईले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिको आलोचना गर्दै माफी माग्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउँदै नागरिकसमक्ष माफी माग्न सभामुख डोलप्रसाद अर्यालसमक्ष रुलिङको माग गर्नुभयो । उहाँले सरकार समर्थकलाई राष्ट्रघाति कदम प्रमाणित गर्न किन मन लाग्यो ? भन्दै प्रश्न समेत गर्नुभयो ।




