देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने तराईका भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ । आज दिउँसो देशका पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा समेत वर्षाको सम्भावना देखिएको छ । मधेस प्रदेशका साथै कोशी, वागमती र गण्डकी प्रदेशका तराई भू–भागमा भने तापक्रम बढी भई तातो दिन हु सक्ने विभागले जनाएको छ । यसैगरी, रातीको समयमा हिमाली भू–भागमा साधारणतया बदली र पहाडी भू–भागमा आंशिक बदली रहने प्रक्षेपण गरिएको छ । तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका साथै वागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

Leave a Reply