कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ ।

मुलुकका विभिन्न भागमा आज मौसममा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ । मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने भएपनि तराईका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै, मधेस र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना देखिएको छ । वागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा समेत फाट्टफुट्ट वर्षा हुनसक्ने विभागले जनाएको छ ।

पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा भने गर्मी बढ्ने र तातो दिन हुने प्रक्षेपण गरिएको छ । आज राति कोशी, वागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ । मधेस प्रदेश र अन्य पहाडी भू–भागमा आंशिक बदली रहने भएपनि बाँकी तराई क्षेत्रमा मौसम सफा रहनेछ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply