बचत अपचलनपछि सहकारी अध्यक्षसहितको सम्पत्ति रोक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बचत अपचलनपछि सहकारी अध्यक्षसहितको सम्पत्ति रोक्का

sampati bima

खोटाङ । प्रदेश नम्बर १ सहकारी रजिष्ट्रार कार्यालयले खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था दिक्तेलका अध्यक्षलगायतको सम्पत्ति रोक्का राख्ने निर्णय गरेको छ ।

आफूखुसी सहकारीको रकम अपचलन गरेको पाइएपछि सहकारीकै सञ्चालकको आग्रहमा सहकारी रजिष्ट्रारको कार्यालयले सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी तथा उनका बुबा र भाइको नाममा रहेको अचल सम्पत्ति रोक्का गर्ने निर्णय गरेको हो ।

करिब तीन करोड रकम आफूखुसी अपचलन भएको पाइएपछि तत्कालीन अध्यक्ष जोशी तथा उनका परिवारका सदस्यको नाममा हलेसी, दिक्तेल र काठमाडौंमा रहेको जग्गा प्रदेश रजिष्ट्रारको कार्यालय इटहरीले रोक्का गरेको सहकारीका कार्यबाहक अध्यक्ष तुलसी आचार्यले बताए । 

तत्कालीन अध्यक्ष जोशीको कोभिड–१९ को संक्रमणबाट गत वैसाखमा मृत्यु भइसकेको छ । उनको मृत्यु भएको केही समयपछि सञ्चालक समिति, लेखा समिति र सेयर सदस्यले छानविन तथा खोजी गर्दा सहकारीको रकम अपचलनको विषय बाहिरिएको हो । दिक्तेलमा १० मंसिर २०७२ देखि लालुपाते सहकारी संस्थाले कारोबार सुरु गरेको थियो ।

सहकारीको विगत दुई वर्षयताको सम्पत्ति र दायित्वको अडिट र साधारणसभा नगरेको पाइएपछि अडिट तथा साधारणसभा सकेर ऋण उठाउने र बचतकर्तालाई फिर्ता गर्ने कसरत थालिएको कार्यबाहक अध्यक्ष आचार्यले बताए । 

हाल ऋण तिर्नका लागि ऋणीलाई पत्र पठाउने काम भइरहेको सहकारीले जनाएको छ । ऋणीले ऋण तिर्नका लागि अटेर गरेमा ऋणीको जग्गा सहकारी ऐनअनुसार रोक्का गरेर लिलामको प्रक्रिया अघि बढाइने कार्यबाहक अध्यक्ष आचार्यले बताए । 

‘हिनामिना गरेका व्यक्तिबाट रकम असुल उपर गर्ने र सबै ऋणीबाट ऋण उठाएर बचतकर्तालाई फिर्ता गर्नका लागि सञ्चालक समिति अहोरात्र खटिइरहेको छ,’ आचार्यले भने, ‘अझै पनि सहकारीसँग करोडौंको सम्पत्ति छ । लगानीकर्ताले आत्तिनु पर्ने अवस्था छैन । यसबाट पार पाउनका लागि धैर्य र सहयोगको आग्रह गर्दछौँ ।’ 

सहकारी रजिष्ट्रारले सहकारीका सञ्चालक र कर्मचारीलाई प्रदेशमा बोलाएर साधारणसभाको निर्णय बमोजिम तत्काल रकम असुलीको कारबाही अघि बढाउन निर्देशन दिइसकेको छ । सहकारी रजिष्ट्रारले सहकारीलाई लगानीकर्ताको बचत फिर्ता गर्नसक्ने अवस्थमा पु¥याउन सहजीकरण गर्ने जनाइएको छ । सहकारीका लागि जग्गा खरिद गर्ने भन्दै तत्कालीन अध्यक्ष जोशीले परिवारको सदस्यको नाममा जग्गा पास गरेको देखिएको आचार्यले बताए । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);