अमेरिकाद्वारा अफगान केन्द्रीय बैंकको करिब ११ खर्ब २८ अर्ब नेपाली रुपैयाँ भन्दा बढी रकमको सम्पत्ति रोक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकाद्वारा अफगान केन्द्रीय बैंकको करिब ११ खर्ब २८ अर्ब नेपाली रुपैयाँ भन्दा बढी रकमको सम्पत्ति रोक्का

एजेन्सी । अमेरिकाले अफगान केन्द्रीय बैंकको करिब ११ खर्ब २८ अर्ब नेपाली रुपैयाँ भन्दा बढी रकमको सम्पत्ति रोक्का गरेको छ । तालिवानले सत्ता कब्जा गरेपछि अमेरिकाले बैंकमा रहेको रकम ’फ्रिज’ गर्नुका साथै मुद्रा शिपमेन्ट पनि रोक्ने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रकम रोक्का गरेसँगै अब तालिवानले त्यसको प्रयोग गर्न पाउने छैनन् । अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकामा रहेको केन्द्रीय बैंकको सम्पत्ति र रकम तालिवनका लागि उपलब्ध हुनेछैन । ११ खर्ब २८ अर्बभन्दा बढी मूल्यको सम्पत्ति अमेरिकाको ट्रेजरी डिपार्टमेन्टको ’स्यान्कसन लिस्ट’मा रहेको छ ।

रोक्का गरिएको अफगानी केन्द्रीय बैंकको रकम न्यूयोर्क फेडरल रिजर्भ र अमेरिकास्थित अन्य वित्तीय संस्थामा राखिएको छ । अफगानी केन्द्रीय बैंकको अधिकांश सम्पत्ति अफगानिस्तान बाहिर रहेको बताइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);