आदेशलगत्तै सुमार्गीले निकाले साढे २ अर्ब | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आदेशलगत्तै सुमार्गीले निकाले साढे २ अर्ब

aajaya sumargi

काठमाडौं, २१ पुस । व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन्। सर्वोच्च अदालतले सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेका हुन्।

सर्वोच्चको आदेशसँगै सुमार्गी आफ्नो रोक्का रहेको रकम भुक्तानी माग गर्दै इन्भेस्टमेन्ट बैंक पुगेका थिए। उक्त बैंकले भुक्तानीका लागि केही दिनको समय मागेको थियो। तर, सुमार्गीले ताकेता गरेपछि बैंकले उनको खातामा रहेको रकम लैजान बाटो खुला गरिदिएको बैंक स्रोतले बतायो। ‘अदालतको आदेश पालन नगरे अपहेलना मुद्दा हाल्ने  धम्की आएपछि सुमार्गीको रकम इन्भेस्टमेन्ट बैंकले फुक्का गरिदिएको हो,’ बैंक स्रोतले शुक्रबार भन्यो, ‘इन्भेस्टमेन्ट बैंकले सुमार्गीको खातामा रहेको रकम भुक्तानी गर्न राष्ट्र बैंकको अनुमति मागेको थियौ। तर, राष्ट्र बैंकले निर्णय दिन ढिला गरेपछि इन्भेस्टमेन्ट बैंक स्वयंले भुक्तानी दिएको हो।’

इन्भेस्टमेन्ट बैंकले राष्ट्र बैंकको अनुमतिका लागि निवेदन दिएको राष्ट्र बैंकका अधिकारी बताउँछन्। ‘गभर्नर त्यहीं बेलामा जिल्ला गएकाले बोर्ड बैठक बस्न सकेन, त्यहीं मौकामा सुमार्गीले आफ्नो रकम लगे छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘हामीले इन्भेस्टमेन्ट बैंकलाई दिउ पनि भनेनौं, नदिन पनि भनेनौं। तर, राष्ट्र बैंक सुमार्गीको रकम भुक्तानी दिने पक्षमा थिएन।’ राष्ट्र बैंक उच्च स्रोतले थप्यो, ‘गभर्नर चिरञ्जीवी नेपाल जिल्लाबाट फर्केर आउँदा सुमार्गीले रकम लगिसके छन्। रकम लगिसकेपछि निर्णय गर्नुको औचित्य हामीले देखेनौं।’

अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योग प्रालिको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी रोक्का नगर्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सुमार्गीले यसपटक ८३ करोड २५ लाख र यसअघि २ अर्ब २५ करोड रुपैयाँ लगिसकेको राष्ट्र बैंक स्रोतको भनाइ छ। ‘खाताबाट साढे २ अर्ब भन्दा बढी रकम निकालिसकेका छन्,’ राष्ट्र बैंक स्रोतको भनाइ छ। अदालतको आदेश हुनासाथ रकम निकाल्ने काम भएको छ। सुमार्गीको खातामा पटकपटक रकम जम्मा हुने भएकाले त्यसैमध्ये दुई अर्ब रुपैयाँभन्दा बढी उनले निकालेका हुन्। सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर (करिब पाँच अर्ब रुपैयाँ) खातामा जम्मा पारेका थिए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);